ला लिगामा रियल मड्रिडको शानदार जित-Sutra News

ला लिगामा रियल मड्रिडको शानदार जित

आइतबार, १६ कार्तिक २०७७

आइतबार, १६ कार्तिक २०७७

एजेन्सी- साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार जित हात पारेको छ ।



घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले हराउँदै गर्दै रियल शीर्ष स्थानमा पनि उक्लिएको छ ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल तथा इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एक/एक गोल गरे ।

हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ । रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो  ।

हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८औं स्थानमा रहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट