कांग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा-Sutra News

कांग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

आइतबार, १६ कार्तिक २०७७

आइतबार, १६ कार्तिक २०७७

काठमाडौं- कांग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ निवासी सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा कार्यरत आफ्ना क्रियाशील सदस्य बलवीर परियारमाथि कुटपिट भएको घटनाको निन्दा गरेको छ ।



कांग्रेसले परियारलााई शनिबार बिहान उक्त समितिको काउण्टरमा काम गर्दै गरेको अवस्थामा युवा संघका सदस्य रवी बुढाको नेतृत्वको करीब १० जनाको समूहले हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको जनाएको छ ।

सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेसले दशैँका बेलामा यात्रुको आवतजावतमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका परियारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट