खुमलटार बैठकमा सहभागी नेताहरूले दिए प्रचण्डलाई पार्टी एकता बचाउनुपर्ने सुझाव-Sutra News

खुमलटार बैठकमा सहभागी नेताहरूले दिए प्रचण्डलाई पार्टी एकता बचाउनुपर्ने सुझाव

आइतबार, १६ कार्तिक २०७७

आइतबार, १६ कार्तिक २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अध्यक्ष केपी शर्मा ओलीले अलग-अलग पार्टी बनाउने प्रस्ताव गरेको दाबी गरेका छन् ।



आइतबार आफ्नै निवास खुमलटारमा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (वादल) सहितको बैठकमा प्रचण्डले ओलीसँगको छलफलबारे ब्रिफिङ गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले तत्काल पार्टीको कुनै बैठक सम्भव नभएको र एकपक्षीय रूपमा हुने निर्णय आफूले नमान्ने, बरू पार्टी अलग गर्ने प्रस्ताव गरेको प्रचण्डले ओलीको भनाइ उद्धृत गर्दै बैठकमा भनेको त्यहाँ सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी नेताहरूले भने पार्टी एकता बचाउनुपर्ने भन्दै ओलीसँग थप संवाद गर्न प्रचण्डलाई सुझाएका छन् ।

पछिल्लो समय नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, नेकपा कर्णालीको विवाद र ‘रअ’ प्रमुखको नेपाल भ्रमणलगायतका विषयमा विवाद छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट