आर्सनलको संघर्षपूर्ण जित-Sutra News

आर्सनलको संघर्षपूर्ण जित

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ ।



आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई १-० गोलको झिनो अन्तरले पराजित गरेको हो ।

युनाईटेडको मैदानमा आर्सनललाई जित दिलाउन पिएरे इमिरिक औबामियाङले निर्णायक गोल गरे ।

खेलको ६९औँ मिनेटमा औबामियाङले पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।

युनाईटेडका पाउल पोग्बाले आफ्नो पेनाल्टी क्षेत्रमा हेक्टर बर्लिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो । जसमा औबामियाङले सहज गोल गरे ।

जितसँगै आर्सनलले ७ खेलमा १२ अंक तालिकाको आठौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट