फिलिपिन्समा शक्तिशाली आँधी, १० को मृत्यु-Sutra News

फिलिपिन्समा शक्तिशाली आँधी, १० को मृत्यु

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

एजेन्सी- फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् ।



आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ४:५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो । आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ । अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् ।

बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ । उक्त शहरमा ७० हजारले बसोबास गर्दै आएका छन् । २ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्याधिक वर्षा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट