भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण-Sutra News

भारतमा ८२ लाखभन्दा बढीमा कोरोना संक्रमण

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ ।



संक्रमितमध्ये अहिलेसम्म ७५ लाख ४२ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट