सर्‍यो प्रस्तावित राजदूत खतिवडा र रेग्मी विरूद्धको सुनुवाइ-Sutra News

सर्‍यो प्रस्तावित राजदूत खतिवडा र रेग्मी विरूद्धको सुनुवाइ

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं- अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीको २७ गते संसदीय सुनुवाइ हुने भएको छ ।



संसदीय समितिले उनीहरूलाई राजदूत नियुक्ति गर्न नपर्ने भए कारणसहित उजुरी आह्वान गरेको थियो । उनीहरूविरूद्ध चार वटा उजुरी परेका थिए । तर उजुरीकर्ताले सम्पर्क नम्बर दिएका थिएनन् ।

गत कात्तिक ३ गते समितिले उजुरीकर्तालाई सम्पर्कमा आउन आजसम्मको समय दिएको थियो । तर, उजुरीकर्ता भने सम्पर्कमा आएनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट