आईपियु गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु-Sutra News

आईपियु गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं- विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार गएराती सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ ।



जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सिल  सदस्यकारुपमा सहभागीता जनाएका छन् । यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन् । 

गभर्निङ काउन्सीलको यो अधिवेशनले आईपियुका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको  छ । अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ । 

यो अधिवेशनमा आईपियुको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् । आईपियु अध्यक्षको कार्यकाल तीन बर्षको हुने छ । 

यसैबीच नेपालबाट अन्तर व्यबस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपियु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट