काठमाडौं- युनिर्भसल कलेज अफ मेडिकल साइसेन्स अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा.ज्ञानेश्वरप्रसाद सिंहको सोही अस्पतालमै कार्यरत चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
१० वर्षदेखि युनिर्भसल कलेज अफ मेडिकल साइसेन्स (युसीएमएस) मा कार्यरत सिंह ०७६ भदौ १० गते खसीको मासु खाँदा राति घाटीमा हड्डी अड्किएपछि सोही अस्पतालमा भर्ना भएका थिए ।
तर, उपचारमा संलग्न चिकित्सकहरुले लापरबाही गर्दा थप उपचारका लागि काठमाडौं लगिएकोमा उनको २ माघ ०७६ मृतक डा.सिंहकी पत्नी वीणा सिंहको वारेसमा बुटवलकी कृष्णा रोकाले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेका हुन ।
युनिर्भसल कलेज अफ मेडिकल साईसेज एण्ड टिचिंग हस्पिटल, अस्पतालमा कार्यरत डा. विश्व तुलाचन, डा लक्ष्मी पाठक र डा. सन्तोष शाहलाई विपक्षी बनाएर पीडित परिवारले मुद्दा दर्ता गरेका हुन ।
पीडित परिवारले उपचारमा लागेको खर्च सहित कल १२ करोड ५० लाख रुपैया क्षतिपूर्ति सहित अदालतमा मुद्दा दर्ता गरेको हो ।
मृतक डा. सिंहका छोरा प्रज्वल सिंहले मेडिकल काउन्सिलले गरेको गरेको निर्णय पनि अस्पतालले कार्यान्वयन नगरेका कारण क्षतिपूर्तिको माग गर्दै अदालतमा निवेदन दर्ता गरेको बताए ।