व्यक्तिगत स्वार्थले पार्टी विभाजन गर्न खोज्नेहरूसित असहमति जनाउँदै एकतालाई बचाऔँः पोखरेल-Sutra News

व्यक्तिगत स्वार्थले पार्टी विभाजन गर्न खोज्नेहरूसित असहमति जनाउँदै एकतालाई बचाऔँः पोखरेल

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रको गुटगत आबद्धतालाई समाएर समीकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।



उनले व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टीको एकता बचाउनुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन्, ‘जेसुकै होस्, पार्टी एकताका वेला गरिएको सहमतिविपरीत पूर्वसमूहभित्रका गुटगत आबद्धतालाई समाएर समीकरणको खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो । यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले वेलैमा चिनौँ, खबरदारी गरौँ । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टी एकतालाई बचाऔँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट