सबैतिर ढकमक्क फुले सयपत्री-Sutra News

सबैतिर ढकमक्क फुले सयपत्री

सोमबार, १७ कार्तिक २०७७

सोमबार, १७ कार्तिक २०७७

उदयपुर- जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् ।



जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइएको छ ।

त्रियुगा ९ गैरुनका शारदा दनुवारले यस पटक पर्याप्त मात्रमा बर्षा भएको कारण सयपत्री फूल फुलेको र तिहारमा फूलको कमी नहुने बताए ।

चौदण्डी बसाहका आरती खड्का पनि यस सयपत्री फूलहरु प्रशस्त मात्रमा फुलेको बताउँछन् । उनी भन्छन्, ‘यस पटक वर्षा राम्रो भएको कारण सयपत्री फूलका फुलेका र विगतका बर्षमा जस्तो फूलको कुनै समस्या हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट