बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमितको मृत्यु-Sutra News

बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमितको मृत्यु

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।



सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको सोमबार साँझ ५:४० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको मृत्यु भएको डा. श्रेष्ठले बताए ।

ती युवामा कुनै दीर्घ रोग पनि नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट