नेकपाका नेताहरू ओलीसँगै सति जाने कि समाजवादी बाटो बनाउने ?: बाबुराम-Sutra News

नेकपाका नेताहरू ओलीसँगै सति जाने कि समाजवादी बाटो बनाउने ?: बाबुराम

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादलाई लिएर कडा टिप्पणी गरेका छन् ।



उनले  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको बताउँदै नेकपाका नेता कार्यकर्तालाई बेलैमा समाजवादी बाटो बनाउनेतर्फ लाग्न सचेत गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरेका छन्।

‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो,’ नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्। अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट