कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन-Sutra News

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं- कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए ।



केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए । केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन् । उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट