पासपोर्ट नवीकरणका लागि अनलाइन फर्म भर्न दूतावासको अनुरोध-Sutra News

पासपोर्ट नवीकरणका लागि अनलाइन फर्म भर्न दूतावासको अनुरोध

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं- साउदी अरबस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको सुविधाका लागि अनलाईनबाटै पासपोर्ट नवीकरणको प्रकिया पूरा गर्न आह्वान गरेको छ ।



दूतावासले एक सूचना जारी गर्दै साउदी अरबका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्नुपर्ने भएमा दूतावासले फेसबुक पेजमा सार्वजनिक गरेको अनलाइन फारमको लिंकमा गएर फारम भर्न अनुरोध गरेको हो ।

उक्त फारम भर्दा हालको राहदानी र नागरिकताको फोटोकपी पनि  पठाउन दूतावासले अनुरोध गरेको छ ।दूतावासले अनलाइनबाट प्राप्त फारमहरुको संख्याको आधारमा निकट भविष्यमा विभिन्न पायक पर्ने स्थानहरुमा (दमाम, जुवेल, अलहासा) अस्थायी कार्यालय स्थापना गरिने जनाएको छ ।

यस्तै हाफरअलबातेन, हायल, अलकासिम लगायतका स्थानमा मा पनि अस्थायी कार्यलय स्थापना गरी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि काम समेत) संकलन दूतावासले जनाएको छ ।

यो सेवा अनलाइन फारम भरेकाहरुलाई मात्र दिइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट