सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द-Sutra News

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

कास्की– प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि केसीको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।



महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ ।

विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित केसीले पोखराको विकासमा पुर्‍याएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको यही कात्तिक १७ गते राति १०: ३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट