संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कांग्रेसलाई मान्य नहुने-Sutra News

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय कांग्रेसलाई मान्य नहुने

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने सरकारी निर्णय संविधानको मर्म विपरीत भएको कांग्रेसले जनाएको छ । 



असोज ११  मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मातहतका निकायमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नेलेख्न परिपत्र गरिएको थियो ।  त्यसको स्थानमा ‘नेपाल’मात्रै लेख्न कानून,न्याय तथा संसदीय मन्त्रालयले मातहत कार्यालयलाई परिपत्र गरेको थियो । 

संविधानको मर्म विपरित सरकारी निर्णय भएको उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्मा चेतावनीको शैलीमा सरकारलाई भनेका छन्,  ‘होसियार! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ।’

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान निर्माणको प्रतिबद्धताप्रति सचेत गराएका छन् ।  शर्माले भने, ‘जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट