नेता विश्वकर्माको स्वास्थमा सुधार-Sutra News

नेता विश्वकर्माको स्वास्थमा सुधार

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

काठमाडौं- कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्माको भेन्टिलेटरमा राखेर उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको हो । 



कोरोना संक्रमण र निमोनियाको समस्या देखिएपछि उनलाई कात्तिक १२ गते ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । उनलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भइसकेपछि विश्वकर्मा केही दिन होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या थपिँदै गएपछि वीर अस्पताल भर्ना भएका उनलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । विश्वकर्माको उपचारमा सहयोग गर्न कांग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट