अफगानिस्थानमा राष्ट्रिय शोकको घोषणा-Sutra News

अफगानिस्थानमा राष्ट्रिय शोकको घोषणा

मंगलबार, १८ कार्तिक २०७७

मंगलबार, १८ कार्तिक २०७७

एजेन्सी- अफगानिस्तानको सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।



काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सोही सङ्ख्यामा मानिसहरू घाइते भएका थिए । आक्रमणकारीले विश्वविद्यालय परिसरमा विष्फोटक पदार्थ प्रयोग गरी हमला गरेका थिए ।

राष्ट्रपतिको कार्यालयका अनुसार मङ्गलबार देशभरका मस्जिदमा हमलामा ज्यान गुमाउनेको सम्झनामा प्रार्थना गरिने र अफगानिस्तान र विदेशस्थित अफगानी नियोग तथा कार्यालयहरूमा राष्ट्रिय झण्डालाई आधा झुकाइने छ ।

राष्ट्रपति मोहम्मद असरफ घानीले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट