भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै-Sutra News

भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् ।



नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् ।

नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा तैनाथी बढाएको छ । नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथीको सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट