अमेरिकामा राष्ट्रपतीय चुनावः मतपरिणाम आउन सुरु-Sutra News

अमेरिकामा राष्ट्रपतीय चुनावः मतपरिणाम आउन सुरु

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ ।  इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ।



कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन्  । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ९ राज्यको मतपरिणाम सार्वजनिक भएको छ ।

 बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ४४ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ३७ इलेक्ट्रोरल मत प्राप्त गरेका छन्  । राष्ट्रपति पदमा विजेता हुन २७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट