मुम्बईलाई हराउँदै हैदारबाद आइपिएलको प्ले अफमा-Sutra News

मुम्बईलाई हराउँदै हैदारबाद आइपिएलको प्ले अफमा

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

एजेन्सी- सनराइजर्स हैदराबाद युएईमा जारी १३औँ संस्करणको आइपिएल टी-20 क्रिकेटको प्ले अफमा पुगेको छ । सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।



मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।हैदराबादको जितमा डेभिड वार्नर ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए । साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । यस्तै सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोडे । क्विन्टन डी कक २५ रनमा आउट भए ।

मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । जासन होल्डर र साहबाज नादिमले २/२ विकेट लिए । जितसँगै हैदराबाद तेस्रो स्थानमा रहँदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो ।

हैदराबाद प्ले अफमा पुगेसँगै कोलकाता पनि लिग चरणबाटै बाहिरिएको छ । समान १४ अंक नै भए पनि कोलकाता रनरेटमा पछी पर्दै बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट