काठमाडौं- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूवमा प्रचार गर्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली सेनाको निमन्त्रणामा आज नेपाल आईपुग्ने नरावणेलाई कालो झण्डा देखाउने धम्की दिएका गौतमलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले बताए ।
नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिरहेका बेला युट्यूवमा भिडियो बनाएर प्रचार गरेका उनलाई नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए ।