आइपुगे भारतीय सेनाध्यक्ष नरवणे-Sutra News

आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं– भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन् ।



भारतीय सेनाको विशेष विमानबाट उनी यहाँ आइपुगेका हुन् । उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन् ।

उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट