आफू विजयको लयमा भएको ट्रम्पको दाबी-Sutra News

आफू विजयको लयमा भएको ट्रम्पको दाबी

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटमाथि चुनावमा आफ्नो पक्षमा पार्न ‘धाँधली’ को प्रयास गरेको आरोप लगाएका छन् । उनले आफूहरु ठूलो जितको मार्गमा रहेको बताउँदै डेमोक्र्याटहरुले चुनाव ‘स्टील’ गर्न चाहेको आरोप लगाएका छन् ।



उनले ट्विटरमा भनेका छन्, ‘हामी ठूलो उचाईको मार्गमा छौँ, तर, उनीहरुले यो चुनावमा स्टील गर्न प्रयास गरिरहेका छन् । हामी त्यस्तो हुन कदापी दिने छैनौँ । मतदानस्थलहरु बन्द भएपछि मत खसालिनु हुँदैन ।’

ट्रम्पले यस्तो बताए पनि मतदान स्थल बन्द भएपछि कसैले मत खसालेको प्रमाण छैन । अहिलेसम्म बाइडेनको अग्रता रहे पनि यसै भन्न सकिने अवस्था नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।मध्यपश्चिमका ब्याटलग्राउण्ड राज्यको नतिजा आउन बाँकी रहेकाले अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट