प्रचण्डद्वारा दुःख व्यक्त-Sutra News

प्रचण्डद्वारा दुःख व्यक्त

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताएका छन् ।



अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्। उनको उपचारका क्रममा बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट