म रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिने कुरै हुँदैन: प्रधानमन्त्री-Sutra News

म रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिने कुरै हुँदैन: प्रधानमन्त्री

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन्  । उनले अहिले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु रहेको बताए  ।



‘म रहरले प्रधानमन्त्री भएको होइन, जनताका आवश्यकता र समर्थनले भएको हुँ, त्यसैले अहिले मैले राजीनामा दिने कुरै हुँदैन’, प्रधानमन्त्रीले त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै भने ।

उनले राजीनामा दिन थालेको भन्दै चलेका हल्ला निराधार रहेको बताए। ‘सञ्चारमाध्यममा राजीनामा दिन पस्यो भन्ने हल्ला फैलिसक्छ, तपाईँहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन मिल्छ ?, अहिले मैले राजीनामा दिनुभनेको देशलाई बरबादीतिर जान दिनु हो । त्यसैले मेरा लागि हैन देशका लागि म अहिले राजीनामा दिनेवाला छैन’, ओलीले भने ।

उनले आफूलाई हटाउने चलखेल भइरहको बताउँदै यस्ता चलखेलहरु भित्र-बाहिर भइरहने तर अन्तिममा केही नहुने बताए। ‘म जालझेल गरेर, तिगडम गरेर आएको होइन, जनताको व्यापक समर्थनबाट आएको हुँ, त्यसैले सरकार फेरिन्छ कि, केही हुन्छ कि भन्ने कुराबाट प्रभावित नहुन आग्रह गर्छु’, ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट