अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन गर्ने तीन पक्राउ-Sutra News

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन गर्ने तीन पक्राउ

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

एजेन्सी- राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् ।



ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट