कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच सम्झौता-Sutra News

कुमारी बैंक र पवन मिस्ठान भण्डारबीच सम्झौता

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं– कुमारी बैंक र पवन मिस्ठान्न भण्डारबीच सम्झौता भएको छ । सम्झौता अनुसार अब कुमारी बैंकका ग्राहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसलका खाद्यवस्तु किन्दा ५ प्रतिशत छुट पाउने भएका छन् ।



ग्राहकले गुणस्तरीय मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी हर्षोल्लासका साथ तिहार मनाउन सकुन् भन्ने अभिप्रायले बुटवलस्थित पवन मिष्ठान भण्डारसँग उक्त सम्झौता गरिएको बैंकले बताएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरे ।

बैंकले देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट