नवलपरासी- जिल्लामा दुई दिनदेखि हराइरहेका दाजुभाई मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा नवलपुरको गैँडाकोट नगरपालिका-२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।
सोमबारदेखि हराइरहेका उनीहरुलाई मृत फेला पारेको जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट-३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।
प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो ।