मस्तिष्क शल्यक्रियापछि म्याराडोनाको स्वास्थ्यमा सुधार-Sutra News

मस्तिष्क शल्यक्रियापछि म्याराडोनाको स्वास्थ्यमा सुधार

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

एजेन्सी- विश्वकप विजेता अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको स्वास्थ्यमा सुधार आइरहेको डाक्टरले बताएका छन् । एक दिन पहिले उनको ब्लड क्लटका लागि मस्तिष्क सर्जरी भएको थियो । उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको अर्जेन्टिनाका सञ्चारमाध्यमले डाक्टरलाई उद्धृत गरि उल्लेख गरेका छन् ।



सन् १९८६ को मेक्सिको विश्वकपमा अर्जेन्टिनाको कप्तानी गरि जित दिलाएका थिए । उनको मस्तिष्कमा भएको सम्भावित रक्तश्राव रोक्नका लागि शल्यक्रिया भएको हो । उनका फिजिसियन डा. लिओपोल्डो लुक्यूले भनेका छन्, ‘डिएगोले राम्रोसँग रेस्पोन्ज गरिरहेका छन् । जब हामीले ड्रेन हटायौँ उनी मुस्कुराए, मलाई हेरे, हात समाते ।’

गएको सोमबार उनी राजधानी ब्यूनेस आयर्स स्थित इपेन्सा क्लिनिकमा भर्ना गरिएको हो । एनिमिया तथा डिहाइड्रेसनबाट प्रभावित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । डिएगोमा कुनै प्रकारको न्यूरोलोजिकल समस्या नरहेको डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट