भारतमा एक सातापछि एकैदिन नयाँ संक्रमितको संख्या ५० हजार नाघ्यो-Sutra News

भारतमा एक सातापछि एकैदिन नयाँ संक्रमितको संख्या ५० हजार नाघ्यो

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

एजेन्सी- भारतमा एक सातापछि दैनिक संक्रमितको संख्या बढेर ५० हजार नाघेको छ ।  पछिल्लो एक साता भारतमा दैनिक संक्रमित ५० हजारभन्दा कम थियो ।



भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५० हजार ४६५ नयाँ संक्रमित फेला परेका हुन् । त्यसैगरी बुधबार संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेर ७०४ पुगेको छ ।

निधन हुने संख्या पनि १५ दिन यताकै यो सबैभन्दा बढी हो । भारतमा हालसम्म ८३ लाख ६३ हजार ४१२ जना संक्रमित भइसकेका छन् ।

त्यसमध्ये ७७ लाख १० हजार ६३० जना निको भइसकेका छन् । अहिले भारतमा सक्रिय संक्रमित ५ लाख २५ हजार ३९७ जना रहेका छन् । भारतमा हालसम्म ११ करोड ३९ लाख जनाको नमुना परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट