पाँच दिनपछि ओली–प्रचण्ड बालुवाटारमा भेट-Sutra News

पाँच दिनपछि ओली–प्रचण्ड बालुवाटारमा भेट

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ ।



कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट बनेका प्रचण्डको प्रधानमन्त्री ओलीसँग पछिल्लो समय दूरी बढिरहेको छ । दुई अध्यक्षबीच पाँच दिनपछि भेट हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट