दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो, ४५.६ प्रतिशतको समर्थन-Sutra News

दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो, ४५.६ प्रतिशतको समर्थन

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

एजेन्सी- दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ ।



विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अङ्कबीच कायम रहँदै आएको सर्भेक्षण संस्था रियलमिटरले जनाएको छ ।

राज्य सम्बन्धी व्यवहारमा मुनको आकर्षण १.३ प्रतिशतले कमी आई ४९.६ अङ्क कायम भएको सर्वे क्षणले जनाएको छ । त्यसैगरी मुनको सत्ताधारी दल डेमोक्रेटिक पार्टीप्रतिको समर्थन अघिल्लो साताभन्दा शुन्य दशमलब १ प्रतिशतले घटेको छ ।

दक्षिण कोरियाली प्रमुख विपक्षी दल पिपुल्स पावर पार्टीलाई पनि अघिल्लो हप्ताको तुलनामा १.२ अङ्क कमी अर्थात् २७.७ प्रतिशत समर्थन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट