आइपिएल: मुम्बई इण्डियन्स फाइनलमा-Sutra News

आइपिएल: मुम्बई इण्डियन्स फाइनलमा

शुक्रबार, २१ कार्तिक २०७७

शुक्रबार, २१ कार्तिक २०७७

एजेन्सी- मुम्बई इण्डियन्स यूएईमा जारी १३औं संस्करणको इन्डियन आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।



यस्तै क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डय ३७ रनमा अविजित रहे । कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन जोडे । दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १/१ विकेट लिए ।

जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई खेलमा पनि मुम्बईले दिल्लीलाई हराएको थियो । साविक विजेतासमेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ । अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । बैंगलोर र हैदराबादबीचको खेल आज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट