भारतीय सेना प्रमुखसँग भेट्दै प्रधानमन्त्री ओली-Sutra News

भारतीय सेना प्रमुखसँग भेट्दै प्रधानमन्त्री ओली

शुक्रबार, २१ कार्तिक २०७७

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शुक्रवार औपचारिक भेटवार्ता हुँदैछ ।



दिउँसो प्रधानमन्त्री निवास बालुवाटार हुने भेटवार्तामा दुई देशबीच सैन्य सहयोग आदनप्रदानका साथै नेपाल भारतबीच बढेको सीमा विवाद लगायतका विषयमा छलफल हुने बताइएको छ ।

केही समय अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटवार्ता भएपछि चौतर्फी आलोचना भैरहेका बेला प्रधानमन्त्री ओलीले भारतीय सेनाध्यक्ष नरवणेसँग औपचारिक भेटवार्ता गर्न लागेका हुन् । 

नेपालले अरु देशको उक्साहटमा लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको भूमी समेटेर नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि नरवणेको नेपालभित्र चर्को आलोचना भएको थियो ।

भारतीय सेनाप्रमुख नरवणेले आज विहान शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड स्टाफ कलेजमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बुधबार नेपाल आएका नरवणे आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट