नितिश कुमारले भने- तपाईंहरूले विधानसभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो-Sutra News

नितिश कुमारले भने- तपाईंहरूले विधानसभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो

शुक्रबार, २१ कार्तिक २०७७

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं- भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले अर्को पटकबाट आफू विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन बिहीबार उनले आफ्नो लागि अहिलेको निर्वाचन नै विधान सभाको अन्तिम निर्वाचन भएको घोषणा गरेका हुन् ।



चुनावी सभामा उनले भने, ‘आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदैछ, मलाई तपाईहरूले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ ।’

उनले यसअघि गत बुधबार अत्पसंख्यक समुदायलाई एउटा कार्यक्रममा सम्बोधन गर्दै आफूले उनीहरूका लागि धेरै कामहरू गरेको बताएका थिए । आफू नेतृत्वको राज्य सरकारले शिक्षकहरूको तलव बढाइदिएको पनि मुख्यमन्त्री नितिशले स्मरण गराए ।

भारतका विहारमा अहिले विधान सभा निर्वाचन भइरहेको छ । तेस्रो चरणको निर्वाचन यही नोभेम्बर ७ तारिखका दिन हुन लागेको छ । तेस्रो चरणको निर्वाचनबाट विधान सभाका ७८ सदस्य छानिने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट