कोरोना प्रभावः मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो-Sutra News

कोरोना प्रभावः मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बियो

शुक्रबार, २१ कार्तिक २०७७

शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौं- नीजि क्षेत्रबाट निर्माण सुरु भएको मकरीगाड हाइड्रोपावर प्रालिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । विश्वभर फैलिएको कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो ।



२०७६ फागुन २ गते दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले शिलन्यास गरेको मकरीगाड हाइड्रोपावर निर्माणका लागि चाहिने आवश्यक उपकरण ल्याउन ढिलाइ तथा झण्डै आठ महिनादेखि कोरोनाका कारण काम प्रभावित हुँदा निर्माणको काम लम्बिने भएको हो ।

कूल रु दुई अर्ब ७५ करोड लगानीमा निर्माण भइरहेको जलविद्युत निर्माणको काम २०२२ मार्चसम्म लम्बिन सक्ने मकरीगाड हाइड्रोपावर प्रालिका प्रमुख कार्यकारी अधिकृत करन चन्दले जानकारी दिए । अहिलेको अवस्था कायमै रहे आयोजना निर्माणको समय र लागत दुवै बढ्छ ।

‘कोभिडले आयोजनाका लागि कामदार ल्याउन ढिलाइ भयो’, चन्दले भने, ‘विदेशबाट सामान आयातमा समस्या भएकै कारण आयोजना लम्बिने अवस्था देखिएको छ, अहिले आयोजनास्थलमा निर्माणको काम भने जारी छ ।’

अपिहिमाल गाउँपालिका भएर बग्ने मकरीगाड खोलामा यो पहिलो पटक विद्युत उत्पादन थालिएको हो । खात्ती गाउँ नजिकैको मकरी क्षेत्रमा सानो बाँध निर्माण गरी मकरीगाडको १.३५ घनमीटर पानी फर्काइ करिब ३.३ किमि फलामे पेनस्टकपाइपमार्फत मकरीगाडमा विद्युत् उत्पादन गरिँदैछ । अहिले निर्माण स्थलमा पावर हाउस निर्माणदेखि पेनस्टक जोड्ने काम भइरहेको छ ।

विद्युत् निर्माण गर्दा दुई टरवाइन र जेनेरेटरमा ९२४ मिटरको जलचाप खसाली मकरीगाडमा १० मेगावट क्षमताको विद्युत् उत्पादन गरिनेछ । निर्माण कार्य जारी भए पनि कोभिडका कारण गति दिलाउन नसकिएको चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट