काठमाडौं- मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना महिला हुन्।कोरोना संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।
मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन । ती महिलामा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।
यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धाको पनि उपचारका क्रममा नोबेलमै अस्पतालमा मृत्यु भएको छ । दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको वृद्धाको शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।