भालुको आक्रमणबाट बालक घाइते-Sutra News

भालुको आक्रमणबाट बालक घाइते

शनिबार, २२ कार्तिक २०७७

शनिबार, २२ कार्तिक २०७७

डोटी- भालुको आक्रमणबाट दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोल बस्ने नौ वर्षीय टेकबहादुर पार्की घाइते भएका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको छ ।



बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा सोहम शाहले बताए ।

घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो । यस वडामा वर्षेनी भालुले आक्रमण गर्ने गरेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलको आक्रमणका कारण जिल्लामा वर्षेनी केहीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट