सचिवालय वैठकका लागि प्रचण्डसहित पाँच नेताको ओलीसँग आग्रह-Sutra News

सचिवालय वैठकका लागि प्रचण्डसहित पाँच नेताको ओलीसँग आग्रह

शनिबार, २२ कार्तिक २०७७

शनिबार, २२ कार्तिक २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि अर्का अध्यक्ष तथा प्रधानमन्त्रीसँग सहमति मागेका छन् ।



प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुपर्ने बताएका हुन् ।

कोरोना संक्रमण र त्यसले पैदा गरेको स्वास्थ्य तथा आर्थिक संकट, स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा र पार्टीमा उत्पन्न संकटबारे छलफल गर्न सचिवालय बैठक बोलाउनुपर्ने पाँच नेताको धारणा छ ।

प्रचण्डले बारम्बार आग्रह गर्दा पनि बैठक हुन नसकेको भन्दै नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष ओलीले बैठकबारे आज निष्कर्ष दिनु भएको छैन । हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट