सेफिल्ड युनाइटेडविरूद्ध चेल्सीको फराकिलो जित-Sutra News

सेफिल्ड युनाइटेडविरूद्ध चेल्सीको फराकिलो जित

आइतबार, २३ कार्तिक २०७७

आइतबार, २३ कार्तिक २०७७

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गरे ।



सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए । नवौं मिनेटमा डेभिडले गोल गर्दै सेफिल्डलाई १-० को अग्रता दिलाएको खेलमा चेल्सीले पुनरागमन गर्दै फराकिलो जित आत्मसात गरेको हो ।

२३औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

७७औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीको अग्रता ३-१ को बनाए । ८०औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ४-१ को सहज जित दिलाए । जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट