सुनको भाउ ५ सयले बढ्यो-Sutra News

सुनको भाउ ५ सयले बढ्यो

आइतबार, २३ कार्तिक २०७७

आइतबार, २३ कार्तिक २०७७

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो ।



महासंघका अनुसार तेजावी सुनको भाउ शुक्रबार ९६ हजार ७ सय रहेकामा आइतबार ९७ हजार २ सय रुपैयाँ पुगेकोछ । आइतबार चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको भाउ तोलाको १ हजार २ सय ५५ रुपैयाँ रहेकामा आइतबार १ हजार २ सय ७५ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट