रोनाल्डोको गोलमा युभेन्टसको बराबरी-Sutra News

रोनाल्डोको गोलमा युभेन्टसको बराबरी

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले लाजियोसँग १-१ गोलको बराबरी खेलेको हो ।



लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकिएको हो । पहिलो हाफको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए । कोरेयाको पासलाई उनले सदुपयोग गरे ।

बराबरीसँगै युभेन्टस लिगको तेस्रो स्थानमा छ । उसको ७ खेलबाट १३ अंक जोडेको छ । लाजियो भने ११ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट