प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी-Sutra News

प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेका हुन् । 



खेलको १३औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलाई अग्रता दिलाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा लिभरपुल बराबरीमा रोकियो । सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

३१औँ मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११औँ स्थानमा छ । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट