देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो-Sutra News

देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं- मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ । यो जाडो सुरू भएयताको कै कम तापक्रम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् ।

मुलुकका पहाडी भू-भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ । पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने  सफा रहने महाशाखाले जनाएको छ।

मंगलबार भने कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट