गोरखा नगरपालिकाको सार्वजनिक सेवा पाँच दिन बन्द-Sutra News

गोरखा नगरपालिकाको सार्वजनिक सेवा पाँच दिन बन्द

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

गोरखा- नगरक्षेत्रभित्र कोरोना महामारी न्यूनिकरण गर्न भन्दै गोरखा नगरपालिका कार्यालयले पालिका मातहतका अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ ।



आइतबार सूचना जारी गरी प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयको सार्वजनिक सेवा बन्द रहने जानकारी गराएका हुन् । साथै सामुदायिक तथा निजी विद्यालय भने मंसीर छ गतेसम्मका लागि बन्द गरेको सूचनामा उल्लेख छ ।

‘नगरपालिका कार्यालय र १४ वटै वडा कार्यालयमा काम गर्ने कर्मचारीलाई रुघाखोकी, ज्वरो समेत आएको र केही कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गर्नु परेको हो’, प्रमुख प्रशासकीय अधिकृत पन्तले भने, ‘यी पाँचदिनको अवधिभर अत्यावश्यक बाहेकका सेवा बन्द रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट