नेपालको ‘नाम परिवर्तन’ गर्ने निर्णय फिर्ता लिन सुशासन समितिको निर्देशन-Sutra News

नेपालको ‘नाम परिवर्तन’ गर्ने निर्णय फिर्ता लिन सुशासन समितिको निर्देशन

सोमबार, २४ कार्तिक २०७७

सोमबार, २४ कार्तिक २०७७

काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।



समितिको सोमबारको बैठकले नेपालको नाम परिवर्तन गर्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ । परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन पनि निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको औपचारिक नाम नेपाल भएको र यसलाई पोलिटिकल सिस्टमसँग नजोड्न आग्रह गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले नेपालको औपचारिक नाम नेपाल नै रहेको पटक–पटक दोहोर्‍याए । औपचारिक नामअनुसार नै नेपाल लेख्न सबैतिर पत्राचार गरेको ज्ञवालीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट