चितवनमा उपचाररत संक्रमित वृद्धको मृत्यु-Sutra News

चितवनमा उपचाररत संक्रमित वृद्धको मृत्यु

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

चितवन- चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ । नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर- १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।



निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो । आइसीयूमा राखेर उपचाररत उनको राति ९:५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट