भारतीय विदेश सचिव हर्षबर्द्धन मंसिर दोस्रो साता नेपाल आउने-Sutra News

भारतीय विदेश सचिव हर्षबर्द्धन मंसिर दोस्रो साता नेपाल आउने

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं- भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन् । कात्तिक १९ देखि तीन दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिङ्ग्रला नेपाल आउने भएका हुन् ।



भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले केही समयदेखि बिग्रिएको नेपाल(भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको जनाएको छ ।

उनले विदेशसचिव भरत पौडेलका अतिरिक्त विदेशमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च अधिकारी तथा नेताहरुसँग आफ्नो दुईदिने नेपाल बसाइका क्रममा भेटघाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट